६ जेनेरेशनको ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक भएको छ।
ग्यालेक्सी ए१६ ५जी नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइल्यान्ड’ सहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आइपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथ आएको कम्पनीको भनाइ छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, 'अफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ।'
सामसङले ग्यालेक्सी ए१६ ५जीलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ। जसको मोटाई मात्र ७.९ एमएम रहेको छ।
यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन्।
ग्यालेक्सी ए१६ ५जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्।
स्थायित्वका लागि निर्मित यो फोनले आइपी ५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्दछ।
शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ ५जीले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ।
फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रो एसडी मार्फत १ टिबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ।
हुड अन्तर्गत यो फोन मिडिया टेक डी६३०० द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ।
शक्तिशाली ५००० एमएएच ब्याट्रीको साथ यसले दिनभरी पावर दिन्छ।
यस फोनले ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।
कालो, हल्का हरियो र सुनौला रंगमा उपलब्ध सामसङ ग्यालेक्सी ए१६ ५जीको ६/१२८ जिबी भेरियन्टको मूल्य २८ हजार ९९९ रूपैयाँ, ८/१२८ जिबी भेरियन्टको मूल्य ३० हजार ९९९ रूपैयाँ र ८/२५६ जिबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रूपैयाँ रहेको छ।
साथै यो फोनको खरिदमा २५ वाटको एडप्टर निःशुल्क आउँछ।
यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ। शून्य प्रतिशत ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित इएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र फोन पाउन सकिन्छ।