अहिले प्रायः हरेक क्षेत्रको कार्य ल्यापटसँग जोडिएको छ।
वेब ब्राउज गर्न होस् या अनुसन्धान गरेर त्यसबारे लेख्न वा भिडिओ बनाउन र कुनै अनलाइन गेम खेल्न नै किन नहोस्, ल्यापट आवश्यक छ।
कुनै समय कम्प्युटर डेस्कटपको प्रयोग धेरै हुन्थ्यो। कम्प्युटर चलाउन कै लागि मानिसहरू लामो लाम बनाएर 'साइबर' जान्थे। तर, पछिल्लो समय कम्प्युटर डेस्कटपलाई ल्यापटपले प्रतिस्थापन गरेको छ।
घरमा कोही व्यक्ति कुनै कम्पनीमा कार्यरत छन् भने पक्कै पनि ल्यापटप प्रयोग गरिरहेका हुन्छन्। त्यस्तै, विद्यार्थी हुने घरमा पनि ल्यापटप अत्यावशक बनेको छ।
कोभिड महामारी र त्यसबेलाको लकडाउन समय मानिसहरू भर्चुअल माध्यमबाट सम्पर्कमा रहे। भर्चुअल र घरबाटै काम गर्ने वा पढ्ने भन्ने सुरू भयो। त्यसबेला ल्यापटपको महत्तव झन् बढेको थियो।
तपाईं दैनिक विविध प्रयोजनको लागि ल्यापट प्रयोग गर्नुहुन्छ भने ल्यापटप खरिद गर्दा विशेष ध्यान दिनुहुन्छ होला। त्यसको सिपियूदेखि र्याम, स्टोरेज, ग्राफिक्स, स्क्रिन रिजोलुसनहरू हेर्नुहुन्छ होला।
व्यापारिक प्रयोजनका लागि नयाँ ल्यापटप खरिद गर्ने सोचमा हुनुहुन्छ भने तल उल्लेखित पाँच ल्यापटप तपाईंको लागि उपयुक्त हुन सक्छ।
व्यापारिक ल्यापटप जसलाई 'बिजनेस ल्यापटप' पनि भनिन्छ, यी दैनिक प्रयोगको लागि डिजाइन गरिएको हुन्छ। 'होम ल्यापटप'को तुलनामा यो ल्यापटपको प्रदर्शनी क्षमता बढी हुन्छ।
यो सूची विभिन्न अन्तर्राष्ट्रिय वेबसाइटमा आधारित रिभ्यू/प्रतिक्रिया र नेपाली व्यवसायीहरूको सुझावमा तयार पारिएको हो।
१. लेनेभो थिंकप्याड ई१४ जेन ५
लेनोभोको ल्यापटपहरू बनावटका कारण प्रख्यात छन्। यसको किबोर्ड र टचप्याड चलाउँदा सहज र आरामदायी हुन्छन्। तुलनात्मक रूपमा यसले गर्ने/दिने प्रदर्शनी पनि राम्रो हुने बताइन्छ। साथै, लेनोभोका ल्यापटपहरू टिकाउ मानिन्छ।
लेनोभोको थिंकप्याड ई१४ जेन ५ मा भने 'स्लिक डिजाइन' पाउन सकिन्छ। एकैपटक धेरै काम गर्दा (वेब ब्राउज, एप रनलगायत) पनि यसले दिने प्रदर्शनीमा कुनै असहज हुँदैन। यसमा विन्डोज ११ प्रो अपरेटिङ सिस्टम पाउन सकिन्छ। सुरक्षाको हिसाबले हेर्दा यसमा 'क्यामेरा प्राइभेसी सटर' फिचर पनि छ।
नेपाली बजारमा लेनोभो थिंकप्याड ई१४ जेन ५ आई७ १३औं जेनको मूल्य एक लाख ४९ हजारदेखि एक लाख ६० हजारसम्म तोकिएको छ। यसकै आई५, ८ जिबी र्याम भएकोमा हेर्नुहुन्छ भने एक लाख ३२ हजार रूपैयाँदेखि बजारमा उपलब्ध छ।
विशेषताहरू:
मोडलको नाम | लेनोभो थिंकप्याड ई१४ जेन ५ |
सिपियू | कोर टिएम आई७ १३५५यू |
प्रोसेसर | १३ औं जेन इन्टेल कोर आई५-१३५५यू |
र्याम | १६ जिबी (क्षमतालाई ४० जिबीसम्म बढाउन सकिने) |
स्टोरेज | ५१२ जिबी एसएसडी |
डिस्प्ले | १४ इन्च, १९२० x १२०० |
ग्राफिक | इन्टिग्रेटेड इन्टेल (आर) आइरिस(आर) एक्सई ग्राफिक्स |
ब्याट्री | ५७ वाटआवर |
तौल | १.४१ केजी |
बेस वारेन्टी | एक वर्ष |
२. एसुस जेनबुक १४ वएलइडी
एसुसको ल्यापटपहरूले नेपालमा लामो समयदेखि राम्रो बजार पाइरहेको छ। एसुसको ल्यापटहरू प्रायः गेमिङको लागि उपयुक्त मानिन्छ। एसुसका मोडहरूमा लामो समयसम्म चार्ज टिक्नुका साथै यसमा हुने ग्राफिक कार्ड राम्रो हुने मानिन्छ। एसुसले ग्राहकहरूलाई अद्यावधिक विशेषताहरूसहित ल्यापटप सार्वजनिक गर्नेगर्छ। बजारमा एसुसको ५० हजार रूपैयाँदेखिको ल्यापटप उपलब्ध छ।
एसुस जेनबुकको सुरुआती मूल्य भने एक लाख ५० हजार रूपैयाँ तोकिएको छ। यसमा १०८० पिक्सेलको क्यामेरा दिइएको छ। ग्राहकहरूले यो ल्यापटपमा विन्डोज ११ पाउन सक्छन्।
विशेषताहरू:
मोडलको नाम | एसुस जेनबुक १४ ओएलइडी २०२४ |
सिपियू | एएमडी रेजेन ७ ८८४० एचएस प्रोसेसर |
प्रोसेसर | एएमडी रेजेन ७ ८८४० एचएस प्रोसेसर ३.३ गिगाहर्ज |
र्याम | १६ जिबी |
स्टोरेज | ५१२ जिबी एसएसडी |
डिस्प्ले | १४ इन्च, २८८० x १८०० वएलइडी, १२० हर्ज |
ग्राफिक | एएमडी रेडन ग्राफिक्स |
ब्याट्री | ७५ वाटआवर, ६५ वाट युएसबी-सी चार्जर |
तौल | १.२० केजी |
बेस वारेन्टी | दुई वर्ष |
३. एप्पल एम २ म्याकबुक एयर
विद्युतीय उपकरणमध्ये एप्पलको उपकरणहरू लोकप्रिय छन्। त्यसमध्ये कम्पनीको आइफोन र म्याकबुकले विश्व बजारमै विशेष स्थान ओगटेको छ। म्याकबुकको एम २ म्याकबुक एयरले सार्वजनिक भएको (सन् २०२२ देखि) समयदेखि नै बजारमा लोकप्रियता कमाएको छ। यो व्यावसायिक प्रयोजनका लागि सहज र धेरै कार्य एकैपटक गर्दा समेत प्रदर्शनीमा कुनै कमि नआउने हुँदा लोकप्रिय हुने व्यवसायीहरू बताउँछन्।
एप्पल एम २ म्याकबुक एयरमा भ्वाइस कन्ट्रोल, भ्वाइस ओभर, रिड्युस नोइज, सिरी एन्ड डिक्टेसन, स्वीच कन्ट्रोल लगायत विशेषताहरू पाउन सकिन्छ। यसमा एप स्टोर, बुक, ग्यारेजब्यान्ड, फाइन्ड माई, आईमुभी, भोइस मेमो, सफारी, सिरी जस्ता इन-बिल्ट एप दिइएको छ। नेपाली बजारमा एप्पल एम २ म्याकबुक एयरको सुरुआती मूल्य एक लाख ४५ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
मोडलको नाम | एप्पल एम २ म्याकबुक एयर |
सिपियू | एप्पल एम २ |
प्रोसेसर | एप्पल एम २ (८-कोर) |
र्याम | ८ जिबी/ १६ जिबी/ २४ जिबी |
स्टोरेज | २५६ जिबी/ ५१२ जिबी/ १ टिबी वा २ टिबी (एसएसडी) |
डिस्प्ले | १३.६ इन्च |
ग्राफिक | इन्टिग्रेटेड एप्पल एम २ (८-कोर, १०-कोर जिपियू) |
ब्याट्री | ५२.६ वाटआवर लिथियम पोलिमर ब्याट्री, ३० वाट युएसबी-सी चार्जर |
तौल | १.२४ केजी |
बेस वारेन्टी | एक वर्ष |
४. एसर नाइट्रो भी एएनभी १५-५१
एसरको ल्यापटपहरू आफ्नो प्रदर्शनीका कारण धेरैको रोजाइमा पर्दै आएको छ। विशेषगरी गेमिङ प्रयोजनका लागि पनि एसर धेरै युवाको रोजाइमा पर्ने गर्छ। यद्यपि एसरले थुप्रै 'बिजनेस ल्यापटप' सार्वजनिक गरेको छ। अर्थात्, कम्पनीले व्यवसायिक प्रयोजनका लागि ल्यापटप तयार पारेको छ। तिनैमध्ये एक हो एसर नाइट्रो भी एएनभी १५-५१ मोडल।
नेपाली बजारमा एसर नाइट्रो भी एएनभी १५-५१ को सुरुआती बजार मूल्य एक लाख २७ हजार रूपैयाँ तोकिएको छ। यो मोडलमा विन्डोज ११ अपरेटिङ सिस्टम दिइएको छ। यसमा १३ औं जेनेरेसन दिइएको छ। यसमा अफिस प्याकेज बन्डल्ड सफ्टवेयर उपलब्ध हुन्छ। यो ल्यापटप तुलनात्मक रूपमा भारी छ।
विशेषताहरू:
मोडलको नाम | एसर नाइट्रो भी एएनभी १५-५१ |
सिपियू | नाइट्रो ५ इनटेल |
प्रोसेसर | इनटेल कोर आई५-१३४२०एच प्रोसेसर |
र्याम | १६ जिबी |
स्टोरेज | ५१२ जिबी |
डिस्प्ले | १५.६ इन्च, १९२० x १०८० |
ग्राफिक | एनभिडिया जिफोर्स आरएक्सटी २०५० |
ब्याट्री | ५७ वाटआवर (अधिकतम ६ घण्टासम्म टिक्ने) |
तौल | २.१ केजी |
बेस वारेन्टी | एक वर्ष |
५. डेल भोस्ट्रो १५ ३५२० आई ७
ल्यापटपको डिजाइन, वारेन्टी, टिकाउपन र विशेष गुणस्तरका कारण डेलको मोडलहरू धेरैको रोजाइमा पर्छ।
बजारमा ५० हजार रूपैयाँदेखि डेलको विभिन्न मोडल उपलब्ध छन्। तर यदी तपाईं 'बिजनेस ल्यापटप' खोज्दै हुनुहुन्छ भने यसको भोस्ट्रो १५ ३५२० आई७ राम्रो विकल्प हुन सक्छ।
उल्लेखित सूचीमध्ये यो सबैभन्दा किफायती मूल्यमा उपलब्ध बिजनेस ल्यापटप हो। यसमा पनि विन्डोज ११ दिइएको छ। बजारमा यसको सुरुआती मूल्य एक लाख १५ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
मोडलको नाम | भोस्ट्रो १५ ३५२० आई७ १२५५यू |
सिपियू | १२ औं जेनेरेसन इन्टेल कोर आई७-१२५५ यू प्रोसेसर |
प्रोसेसर | इन्टेल कोर आई७ |
र्याम | १६ जिबी |
स्टोरेज | ५१२ जिबी एसएसडी |
डिस्प्ले | १५.६ इन्च, १९२० x १०८०, १२० हर्ज |
ग्राफिक | एनभिडिया एमएक्स५५० २जिबी डेडिकेटेड ग्राफिक्स |
ब्याट्री | ६५ वाट |
तौल | १.६५ केजी |
बेस वारेन्टी | एक वर्ष |