मोबाइल फोटोग्राफीमा कतिको रूचि राख्नुहुन्छ?
पछिल्लो समय स्मार्टफोनको उपयोग बढेसँगै अन्य विद्युतीय उपकरणको प्रयोग भने घट्दो छ। प्रयोगकर्ताले क्यामेरा, ल्यापटप, रिमोटलगायत विद्युतीय उपकरणको सट्टा मोबाइल प्रयोग गर्छन्।
मोबाइल फोटोग्राफीमा रूचि राख्नुहुन्छ भने तल उल्लेखित ६ स्मार्टफोन तपाईंको लागि उपयुक्त हुन सक्छ।
यो सूची गत जुलाईमा अमेरिकी टेक वेबसाइट 'टेकराडर' ले तयार पारेको हो। उल्लेखित सबै मोडल नेपाली बजारमा पनि उपलब्ध छन्।
१. सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा
गत वर्षको माघमा सार्वजनिक सामसङको ग्यालेक्सी एस २४ सिरिज कम्पनीको फ्ल्यागसिप फोन हो। यसको ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस २४ प्लस र ग्यालेक्सी एस २४ बेस सार्वजनिक भएको थियो। यीमध्ये एस २४ अल्ट्रा मोबाइल फोटोग्राफीको लागि उत्कृष्ट मानिन्छ। नेपाली बजारमा यसको सुरुआती मूल्य एक लाख ४३ हजार रूपैयाँ छ।
विशेषताहरू :
विश्व बजारमा सार्वजनिक मिति | जनवरी २०२४ |
तौल | २३२ ग्राम |
सिपियू | स्नापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म फर ग्यालेक्सी |
र्याम | १२ जिबी |
स्क्रिन आकार | ६.८ इन्च |
रिजोलुसन | क्युएचडी प्लस |
स्टोरेज क्षमता | २५६ जिबी/ ५१२ जिबी/ १ टिबी |
ब्याट्री | ५,००० एमएएच |
रिअर क्यामेरा | २०० मेगापिक्स (वाइड) + १२ मेगापिक्सल (अल्ट्रा-वाइड) + १० मेगापिक्सल (टेलिफोटो विथ ३एक्स अप्टिकल जुम) + ५० मेगापिक्सल (टेलिफोटो विथ ५एक्स अप्टिकल जुम) |
फ्रन्ट क्यामेरा | १२ मेगापिक्सल |
२. गुगल पिक्सल ८ प्रो
गुगलको पिक्सल स्मार्टफोन प्रदर्शनीका कारण धेरैको रोजाइमा पर्छ। यसमा प्रयोग भएको अपरेटिङ सिस्टम र सिपियू धेरैले रुचाएका हुन्। यसमा सात वर्षको सफ्टवेयर अपडेट हुने बताइएको छ। यसमा थुप्रै एआई फिचरहरू समेत छन्। मोवाइल फोटोग्राफीको लागि समेत यो फोन निकै उपयुत हुन सक्छ। विशेगगरी म्याक्रो फोटोग्राफीको लागि यो फोनले आइफोनलाई पछि पार्छ। बजारमा गुगल पिक्सल ८ प्रो सुरुआती मूल्य एक लाख ६५ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
विश्व बजारमा सार्वजनिक मिति | अक्टोबर २०२३ |
तौल | २१३ ग्राम |
सिपियू | गुगल टेन्सर जी३ |
र्याम | १२ जिबी |
स्क्रिन आकार | ६.७ इन्च |
रिजोलुसन | १२४४ x २९९२ |
स्टोरेज क्षमता | १२८ जिबी/ २५६ जिबी/ ५१२ जिबी/ १ टिबी |
ब्याट्री | ५,०५० एमएएच |
रिअर क्यामेरा | ५० मेगापिक्सल (वाइड) + ४८ मेगापिक्सल (अल्ट्रा वाइड) + ४८ मेगापिक्सल (टेलिफोटो) |
फ्रन्ट क्यामेरा | १०.५ मेगापिक्सल |
३. आइफोन १५ प्रो म्याकस
आइफोन भन्ने बित्तिकै धेरैलाई यसले राम्रो फोटो खिच्छ भन्ने हुन्छ। सन् २०२३ को सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ सिरिजले सार्वजनिक भएसँगै राम्रो बजार पाएको हो। यद्यपि यसको ब्याट्रीबारे भने टिकाटिप्णी हुँदै आएकै छ। नेपाली बजारमा आइफोन १५ प्रो म्याक्सको सुरुआती मूल्य दुई लाख १५ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
विश्व बजारमा सार्वजनिक मिति | सेप्टेम्बर २०२३ |
तौल | २२१ ग्राम |
सिपियू | ए१७ प्रो चिप |
र्याम | ८ जिबी |
स्क्रिन आकार | ६.७ इन्च |
रिजोलुसन | २७९६ x १२९० |
स्टोरेज क्षमता | २५६ जिबी/ ५१२ जिबी/ १ टिबी |
ब्याट्री | ४,४४१ एमएएच |
रिअर क्यामेरा | ४८ मेगापिक्स (वाइड) + १२ मेगापिक्स (अल्ट्रा वाइड) + १२ मेगापिक्स (टेलिफोटो विथ ५एक्स अप्टिकल जुम) |
फ्रन्ट क्यामेरा | १२ मेगापिक्सल |
४. एप्पल आइफोन १५
आइफोन १५ प्रो म्याकसँगै सार्वजनिक भएको आइफोन १५ पनि क्यामेराको लागि उत्कृष्ट मानिन्छ। कम उज्यालो भएको समयमा पनि यो फोनबाट राम्रो गुणस्तरको फोटो खिच्न सकिन्छ। यसमा २५५६ x ११७९ रिजोलुसन पाउन सकिन्छ। तर, प्रो म्याक्सको तुलनामा स्क्रिन सानो छ। नेपाली बजारमा आइफोन १५ को सुरुआती मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
विश्व बजारमा सार्वजनिक मिति | सेप्टेम्बर २०२३ |
तौल | १७१ ग्राम |
सिपियू | ए१६ बायोनिक |
र्याम | ६ जिबी |
स्क्रिन आकार | ६.७ इन्च |
रिजोलुसन | २५५६ x ११७९ |
स्टोरेज क्षमता | १२८ जिबी/ २५६ जिबी/ ५१२ जिबी |
ब्याट्री | ३,३४९ एमएएच |
रिअर क्यामेरा | ४८ मेगापिक्स (वाइड) + १२ मेगापिक्स (अल्ट्रा वाइड) |
फ्रन्ट क्यामेरा | १२ मेगापिक्सल |
५. गुगल पिक्सल ८ए
गुगल पिक्सल ८एलाई 'बेस्ट चिप क्यामेरा फोन' पनि भनिएको छ। कम मूल्यमा खरिद गर्न सकिने यो फोनमा राम्रो गुणस्तरको फोटो खिच्न सकिन्छ। यसको तौल पनि कम छ भने एनड्रोइड १४ अपरेटिङ सफ्टवेयर पाउन सकिन्छ। माथि उल्लेख भएका स्मार्टफोनको तुलनामा यसमा १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउन सकिन्छ। नेपाली बजारमा गुगल पिक्सल ८एको सुरुआती मूल्य ६२ हजार रूपैयाँ तोकिएको छ।
विशेषताहरू:
विश्व बजारमा सार्वजनिक मिति | मे २०२४ |
तौल | १८८ ग्राम |
सिपियू | गुगल टेन्सर जी३ |
र्याम | ८ जिबी |
स्क्रिन आकार | ६.१ इन्च |
रिजोलुसन | १०८० x २४०० |
स्टोरेज क्षमता | १२८ जिबी/ २५६ जिबी/ ५१२ जिबी/ १ टिबी |
ब्याट्री | ४,४९२ एमएएच |
रिअर क्यामेरा | ६४ मेगापिक्सल (वाइड) + १३ मेगापिक्सल (अल्ट्रा वाइड) |
फ्रन्ट क्यामेरा | १३ मेगापिक्सल |
६. वानप्लस १२
करिब पाँच महिना अघि सार्वजनिक वानप्लस १२ प्रोट्रेट फोटोको लागि उत्कृष्ट मानिन्छ। यसमा एनड्रोइड १४ अपरेटिङ सिस्टम पाउन सकिन्छ भने क्वाल्कम स्नापड्रागन ८ जेन ३ सिपियू दिइएको छ। यसको डिजाइन पृथक मानिएको छ भने डिजाइन आकर्षक देखिन्छ। यसको ब्याट्री क्षमता तुलनात्मक रूपमा बढी छ। नेपाली बजारमा वानप्लस १२ को सुरुआती मूल्य एक लाख ३८ हजार तोकिएको छ।
विशेषताहरू:
विश्व बजारमा सार्वजनिक मिति | फेब्रुअरी २०२४ |
तौल | २२० ग्राम |
सिपियू | क्वाल्कम स्नापड्रागन ८ जेन ३ |
र्याम | १२ जिबी/ १६ जिबी |
स्क्रिन आकार | ६.८२ इन्च |
रिजोलुसन | १४४० x ३१६८ |
स्टोरेज क्षमता | २५६ जिबी/ ५१२ जिबी |
ब्याट्री | ५,४०० एमएएच |
रिअर क्यामेरा | ५० मेगापिक्सल (वाइड) + ४८ मेगापिक्सल (अल्ट्रा वाइड) + ६४ मेगापिक्स (टेलिफोटो विथ ३एक्स जुम) |
फ्रन्ट क्यामेरा | ३२ मेगापिक्सल |