सिजीको नयाँ फोन ‘एस्ट्रो पावर’ सार्वजनिक


सिजीले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ फोन ‘एस्ट्रो पावर’ सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको यो फोनको मूल्य २ हजार ४९९ रुपैंयाँ निर्धारण गरिएको छ।

फोनमा ५ हजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ भने निशूल्क ओटीजी केबल दिइएको छ।

यसमा वायरलेस एफएम तथा ट्रिपल एलइडी टर्च लाइटको फिचर्स समावेश गरिएको छ।

फोन खरिद गरेको एक सय दिनभित्रमा कुनै प्रकारको खराबी आएमा पुन नयाँ फोन उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.