ओप्पो एफफाइभ रातो रंगमा पनि


चिनियाँ स्मार्टफोन उत्पादक ओप्पोले नेपाली बजारमा केही समयअघि सार्वजनिक गरेको ‘एफ फाइभ’ रातो रङ्गमा उपलब्ध गराउने भएको छ।

कम्पनीले सार्वजनिक गरेको एफफाइभको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

एफ २.० अपेचर र २.८ सेन्सर भएको यसमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ। यसले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सक्ने कम्पनीले दाबी गरेको छ।

पछाडिको क्यामेरा १६ मेगापिक्सेलमा रहेको छ। एफ १.८ अपेचर लेन्स भएको यस क्यामेराले कम तथा बढी प्रकाश भएको अवस्थामा पनि गुणस्तरीय तस्वीर खिच्ने बताइएको छ।

फोनको सेल्फी क्यामेराको एक नवितम फिचर्स हो, एआई ब्युटी मोड। यसले ग्लोबल डाटाबेसका आधारमा सेल्फी खिच्ने ब्यक्तिको अनुहारको आकार तथा प्रकारका पहिचान गरी त्यसै अनुरुपमा तस्वीर खिच्छ।

ओएस ३.२ भर्सनका साथमा ६ जिबी र्याम भएको फोनमा ६४ जिबीको इन्टरनल स्टोरेज क्षमता सहितको उत्कृष्ट प्रोसेसर जडान गरिएको छ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले फ्ल्यागशिप मोडल एफफाइभका लागि ग्राहक तथा सरोकारवालाबाट राम्रो प्रतिक्रिया पाएको दाबी गरे।

फोनमा ६ इञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ। साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ।

मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेमसहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण गर्ने कम्पनीले जनाएको छ।

३ हजार २ सय एमएएच पावरको ब्याट्री यसमा जडान गरिएको छ। पुरा चार्ज भएपछि निरन्तर १२ घण्टासम्म चलाउन सकिने कम्पनीको दावी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.