२० मेगापिक्सेलको सेल्फी क्यामेरामा ओप्पोको नयाँ फोन बजारमा


चिनियाँ स्मार्टफोन उत्पादक ओप्पोले नेपाली बजारमा नयाँ फोन ‘एफ फाइभ’ सार्वजनिक गरेको छ।

राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो ब्राण्डकै पहिलो एफएचडी तथा फुल स्क्रिन भएको फोन हो। सेल्फीका लागि विशेष जोड दिइएको यसमा ‘ब्युटिफिकेसन’ उपलब्ध गराउने ‘एआई ब्युटी’ फिचर्स समावेश छ।

सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै ओप्पो नेपालका लागि प्रमुख कार्यकारी अधिकृत बबी झाओले फोनले सबैको माग र आवश्यकतालाई पूर्ति गर्ने दावी गरे। यो फोनलाई कम्पनीले ‘सेल्फी एक्सपर्ट एण्ड लिडर’ स्लोगनका साथमा प्रवद्र्धन गरेको छ।

कार्यक्रममा कलाकार तथा नेपाल आइडलका उत्कृष्ट तीन जनाको सहभागिता थियो।

यस्ता छन्, फोनका थप विशेषताहरुः

फोनमा ६ इन्चको एफएचडी तथा फुल स्क्रिन डिस्प्ले छ। १८ः९ एस्पेक्ट रेसियोसहितको उच्च रिजोल्युसन २१६०×१०८० डिपिआई स्क्रिन छ।

एफ २.० अपेचर र १/२.८ सेन्सर भएको २० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ। यसले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्न सक्ने कम्पनीले दाबी गरेको छ।

पछाडिको क्यामेरा १६ मेगापिक्सेलमा रहेको छ। एफ १ं८ अपेचर लेन्स भएको यस क्यामेराले कम तथा बढी प्रकाश भएको अवस्थामा पनि गुणस्तरीय तस्वीर खिच्ने बताइएको छ।

फोनको सेल्फी क्यामेराको एक नवितम फिचर्स हो, एआई ब्युटी मोड। यसले ग्लोबल डाटाबेसका आधारमा सेल्फी खिच्ने ब्यक्तिको अनुहारको आकार तथा प्रकारका पहिचान गरी त्यसै अनुरुपमा तस्वीर खिच्छ।

यसरी खिचिएको तस्वीरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी प्रयोगकर्ताको छालाको प्रकार, लिङ्ग, उमेर पहिचान गरी आवश्यकता अनुसार छाला, आँखा, ओठ लगायतलाई ब्युटिफाई प्रविधिमार्फत अझ सुन्दर बनाउने काम गर्छ।

एफ फाइभमा फोन अनलक गर्नका लागि फेसियल तथा फिंगरप्रिन्ट दुवैको सुविधा छ। यसबाट फोन धनीको अनुहार वा फिंगरप्रिन्ट पहिचान भई आफै अनलक हुन्छ।

४ जिबी र्याम, ३२ जिबी रोमसहित ओएस ३.२ भर्सनको कार्य संचालन प्रणाली यसमा प्रयोग गरिएको छ।

३ हजार २ सय एमएएच पावरको ब्याट्री यसमा जडान गरिएको छ। पुरा चार्ज भएपछि निरन्तर १२ घण्टासम्म चलाउन सकिने कम्पनीको दावी छ।

ब्लुटुथको तुलनामा १ सय गुणा तीव्र गति क्षमतामा चलाउन मिल्ने ओ सेयर फाइल सेयरिङ प्रविधि यसमा जडान छ। ३ एमबी क्षमताका ८ देखि १० वटा तस्वरि एक सेकेन्डमा ट्रान्सफर हुने बताइएको छ।

बुधबारदेखि फोन नेपालका सबै बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ। यसको मूल्य ३३ हजार ९९० निर्धारण गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.