सरकारले आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २६ हजार ९ सय युवाहरूलाई तालिम प्रदान गर्ने जनाएको छ।
उनीहरूलाई ६ महिनाभन्दा बढी अवधिको तालिम प्रदान गरिने व्यवस्था बजेटमा गरिएको हो।
त्यसैगरी उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरूलाई सिपमूलक तालिमका माध्यमबाट उद्यमशील बनाइने अर्थमन्त्री विष्णु पौडेलले बताए।