सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई सीपअनुसार व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने भएको छ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारबाट फर्केकालाई
पुर्नएर्कीकरण गर्ने घोषणा गरेकी हुन्।
यसअघि पनि सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई व्यवसाय सञ्चालनका लागि १० लाख रुपैयाँ सहुलियत ऋण दिने घोषणा गरेको थियो। तर उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।