श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहुँदै वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि त्यहाँ वैदेशिक रोजगार कार्यलय स्थापना गर्ने घोषणा गरेका छन्।
उनीहरुलाई सरल र सहज सेवा दिन यहि जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका हुन्।
भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै सञ्चालन गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रकृया भैरहवाबाटै हुनुपर्ने माग गरे।
मन्त्री श्रेष्ठले विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरे। श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखि सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले प्रशासनलाई निर्देशन दिएका छन्।