श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतारको भ्रमणका लागि आज जाने भएको छ।
नेपाल-युएई संयुक्त समितिको वैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरव इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली आज युएई जान लागेको हो।
भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन्। भिजिट भिसामा लैजाने व्यक्तिरसंस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको मन्त्रालयको भनाई छ।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठले मंगलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन। मं्गलवार नै नेपाल-युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्। नेपाल(युएई संयुक्त समिति वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन्। नेपाल(युएई संयुक्त समितिको वैठकमा सन् २०१९ मा भएको श्रम(सम्झौता कार्यन्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुने मन्त्रालयले जानकारी दिएको छ।
बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन्। मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर)मा भ्रमण गर्ने कार्यक्रम छ। सोही दिन उनले दुवईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नेछन्।
मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहिबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स पुग्ने कार्यक्रम रहेको छ। वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ। भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ। टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने छ।