माओवादी नेता जनार्दन शर्माले सिमेन्टको मूल्य घटबढको विषय लेखा समितिको कार्य क्षेत्रभित्र नपर्ने बताएका छन्।
बुधबार संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।
'उपभोक्ता र मूल्य वृद्धिसँग सम्बन्धित विषय यो समितिको कार्य क्षेत्र होइन,' उनले भने, 'अर्को समितिलाई सिफारिस गर्नुपर्छ।'
उनले कार्य क्षेत्र हेरेर मात्रै बैठक राख्नु पर्ने बताएका छन्।