भृकुटीमण्डपमा सेकुवा मेला


नेपालमै पहिलो पटक राजधानीको भृकुटीमण्डपमा आजदेखि सेकुवा मेला सुरु भएको छ। बाजेको सेकुवाको आयोजना तथा टुबोर्गको प्रायोजनमा भएको मेलामा २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारहरु राखिएको आयोजकले जनाएको छ।

दिउँसो ३ बजेदेखि सुरु भएको मेला बेलुका ९ बजेसम्म हुनेछ। मेलाको आकर्षणमा होटल मटन बार्बिक्यु रहनेछ, जसलाई बाजेको विशेष प्रकारको मसला प्रयोग गरी रोटरमा ग्रिल गरिएको हुनेछ। सेकुवाका परिकारसँगै आगन्तुककले अन्य पेयपदार्थ पनि लिन सक्नेछन्।

मेलामा रोहित, जोन क्षेत्री र कुटुम्ब ब्याण्डको साँगीतिक प्रस्तुतीसँगै मनोरञ्जनात्मक गतिविधिहरु रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेलामा आउनेले १५ सयको टिकट किनेपछि चाहेजति परिकारका सेकुवा तथा एक कम्प्लिमेन्ट्री पेय पदार्थ निशुल्क पाउने छन्। १२ वर्षमुनिकालाई भने टिकटको शुल्क ९ सय तोकिएको छ। अग्रिम टिकट लिनेलाई १० प्रतिशत तथा कर्पोरेट एवं। सामुहिक खरिदमा विशेष छुट दिइने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.