गोकुल भण्डारीको नेतृत्वमा एलपी ग्यास उद्योग संघमा नयाँ कार्यसमिति


नेपाल एलपी ग्यास उद्योग संघमा नयाँ कार्यसमिति छनोट भएको छ। नेपाल ग्यास उद्योगका गोकुल भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति छनौट भएको संघले जनाएको छ। यसअघि एभरेष्ट उद्योगका शिवप्रसाद घिमिरेले नेतृत्व सम्हालेका थिए।

संघको २२ औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत प्रक्रियाबाट छनौट गरेको छ। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली तथा उपाध्यक्षहरुमा मार्स प्रसाई र शंकर श्रेष्ठ रहेका छन्।

मल्लीले राजधानी, प्रसाईले मेची र श्रेष्ठले बुटवल ग्यास उद्योगको प्रतिनिधित्व गर्छन्। कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ तथा सचिवमा लक्ष्मीप्रसाद महर्जन छनौट भएका छन्।

सदस्यहरुमा मनोज कुमार दास, आदित्य पराजुली, धर्मराज बर्तौला, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, नरेन्द्र कुमार श्रेष्ठ, श्याम बुढाथोकी, जितबहादुर कार्की, आशिष जाजोदिया, हरिप्रसाद पाठक, सावरमल अग्रवाल, विजयहरी शर्मा, रामचन्द्र संघई, रुद्रप्रसाद कोईराला, सुरेन्द्रराज पौडेल र कृष्णकुमार श्रेष्ठ रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.