सचिन डाँगी बने वाईवाई ग्लोकल टिन हिरो


वाईवाई ग्लोकल टिनको उपाधी सचिन डाँगीले जितेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्णायकहरुले विजेतालाई ट्रफी हस्तान्तरण गरे।

समाज विकासमा रहेका डाँगीले वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी समाजसेवी अल्बिना पर्बिन, एप डेभलपर आयुष पाण्डेय, उद्यमी प्रिथ्यु सिंह ठकुरी, बाल अधिकारकर्मी राजाराम बस्नेत र आविष्कारक तन्मय चौधरीलाई पछि पार्दै सो उपाधी जिते।

यो किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्न र अरु माझ चिनाउने उद्देश्यले गरिएको कार्यक्रम हो। यसले उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने विश्वास आयोजकको छ।

देशभरिका किशोरकिशोरीहरुबाट सहभागिताका लागि कुल ३२१ आवेदन आएको थियो। आवेदकहरुले आफू समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकासका कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता प्रदर्शन गरे।

काठमाडौँबाट सुरुवात भएको यो प्रतियोगिता देशभरिका १८ ठाउँमा पुगेर त्यहाँका स्कुल र कलेजहरुमा कार्यक्रम गरिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.