हिमालय एअरलाइन्सको काठमाडौं–दोहा उडान सङ्ख्या थप


काठमाडौं–दोहाको बढ्दो हवाई मागलाई ध्यानमा राख्दै हिमालय एयरलाइन्सले आगामी साउन १९ देखि हप्ताको दुई उडान थप गर्ने भएको छ।

थप गरिएका उडान मंगलबार र विहिबारका लागि रहेको कम्पनीले जनाएको छ। भदौ १७ गतेबाट थप चार उडान गरी हप्ताको ११ पु¥याउने एयरलाइन्सले जनाएको छ। ति थप उडान मंगलबार, विहिबार, शनिबार र आइतबारका लागि हुनेछन्।

थप उडान आगामी कात्तिक ११ सम्मलाई रहने कम्पनीले जनाएको छ। नयाँ उडान काठमाडौंबाट बिहान सवा १० बजे हुने र दोहामा त्यहाँको समयअनुसार १२ः २५ मा अवतरण हुने कम्पनीले जनाएको छ।

सोही दिन १३ः १५ मा दोहाबाट उडान भरी साँझ २०ः५० मा काठमाडौं जहाज आवतरण हुनेछ। राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवाले जहाजको अभावमा उडान कटौती गरेका बेला हिमालयले भने थप गरेको हो।

कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले दोहा उडान गरेको १ वर्षमा यात्रुबाट पाएको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै उडान थपिएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.