नेपालको फिनटेक कम्पनी एफ वान सफ्टले आफ्नो २१ औं वार्षिकउत्सव आयोजना गरेको छ।
२००४ मा स्थापित यस कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा दिएको छ।
एफ वान सफ्टले भुक्तानीका लागि लाइनमा बस्नु पर्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको हो।
यसको नवीनतम सेवाले सर्वसाधारणको लागि वित्तीय सेवाहरू डिजिटल रूपमा पहुँच योग्य बनाएको छ।
यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै प्रयोगकर्ताहरूको वित्तीय कारोबार सहज बनाउनुको साथै जीवनस्तरमा समेत सुधार ल्याएको छ।
एफ वान सफ्टको सहायक कम्पनीहरूले क्युआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ।
यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ।
एफ वान सफ्टको डिजिटल सेवाले नेपाली जनतालाई सहज वित्तीय पहुँच प्रदान गर्दै वित्तीय समावेशीकरणमा योगदान पुर्याएको छ, जसले गर्दा समाजमा वित्तीय समावेशीकरणको प्रक्रियालाई तीव्र बनाएको छ।
साथै यस कम्पनीले एक हजार पाँच सयभन्दा बढी युवाहरूलाई रोजगारी प्रदान गर्दै सशक्त बनाइ रहेको छ।
एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालले यस अवसरमा एफ वान सफ्टले २१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराएको बताएका छन्।