विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औं शाखा काठमाडौंको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेसनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो।
कम्पनीका अनुसार यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्त्वपूर्ण कदम चालेको छ।
वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरू मध्ये एकमा ल्याएको छ।
उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडी परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो।
उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रतिष्ठित र रोमाञ्चक बनाएको बताइएको छ।
बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ।
यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराइएका फ्लेबरहरू र गुणस्तरीय आइसक्रिमहरूको स्वाद दिँदै अघि बढिरहेको छ।