भारतमा चिनीको उत्पादन उच्च दरमा घट्ने आकलन गरिएको छ।
गत वर्ष उत्पादन हुने समयमा करिब ३ करोड १८ लाख मेट्रिक टन चिनी उत्पादन भएकोमा यसपटक मात्रै दुई करोड ७० लाख मेट्रिक टन चिनी उत्पादन हुने बताइएको छ।
फेब्रुअरी १५ २०२५ सम्ममा गत वर्षको यही अवधिको तुलनामा चिनी उत्पादन १२ प्रतिशतले घटेर एक करोड ९७ लाख मेट्रिक टनमा सीमित भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
इथानोल उत्पादनमा उखुको प्रयोग बढ्न थालेसँगै चिनी उत्पादनमा प्रभाव परेको हो।
हाल नेपालमा वार्षिक तीन लाख ५० हजार मेट्रिक टन बराबर चिनीको माग रहेको व्यवसायीहरू बताउँछन्।
नेपालमै वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुने र करिब ५० हजार मेट्रिक टन अनौपचारिक बाटोबाट नेपाल भित्रिने गरेको छ।
भारतमा उत्पादन घटे पनि नेपालमा यसको धेरै प्रभाव नपर्ने व्यवसायीहरू बताउँछन्।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रूपैयाँ बराबरको चिनी र चिनी धेरै प्रयोग भएका चकलेट लगायतका वस्तुको आयात भएको छ।