निर्माण सामग्री उत्पादन गर्ने अग्रणी ग्रुप पञ्चकन्याले आफ्नो स्थापनाको ५२ सालपछि पहिलो पटक बाथवेयरका सामान ल्याएको छ।
ग्राहकलाई गुणस्तरीय सामान दिने उद्देश्यले बाथवेयरका सामान ल्याएको कम्पनीका कार्यकारी निर्देशक उज्जवल कुमार श्रेष्ठले जानकारी दिए।
'यहाँ बाथवेयर बजार एकदमै राम्रो छ। हामीले १३ महिना अध्ययन गरेर ल्याएका हौं,' उनले भने।
-1738841658.jpg)
उनका अनुसार यहाँ मूल्यका हिसाबमा सस्तो र महँगो गरी दुई प्रकारका धारा बिक्री भइरहेको थियो। बजारमा सरल मूल्यमा गुणस्तरीय र टिकाउ धाराको अभाव देखिएपछि कम्पनीले यो क्षेत्रमा हात हालेको हो।
कम्पनीले बजारमा धारा, सावर र अन्य बाथवेयर सामग्रीहरू ल्याएको एक महिना भयो।
यहाँ धारा बनाउने दक्ष जनशक्ति नभएकाले हाल कम्पनीले भारतीय कम्पनीलाई बनाउन दिएको उनले जानकारी दिए।
'हाम्रो डिजाइन र मापदण्ड अुनसार उनीहरूले सामान बनाइदिन्छन्,' उनले भने।
आगामी दुई वर्षभित्र यही उद्योग खोल्ने योजना रहेको उनले बताए।
ग्राहकले पञ्चकन्या धारा १८ वटा मोडलमा पाउँछन्। जसलाई नेपालका खोलानालाको नामबाट नामाकरण गरिएको छ।
भन्छन्, 'हामीले सातै प्रदेशमा छरिएर रहेका खोलाको नामबाट धाराको नामाकरण गरेका छौं।'
धाराको मूल्य उपयोगिता र आकारका आधारमा फरक हुनेछ। मूल्य सरल र गुणस्तरीय भएकाले यसमा सबैको पहुँच हुने उनले विश्वास व्यक्त गरे।
-1738841654.jpg)
धारामा प्रयोग हुने सामान जर्मनबाट ल्याइएको हुनाले टिकाउ हुनेछ।
कम्पनीले विशेषगरी ग्राहकलाई प्राथमिकतामा राखेको कम्पनीका निर्देशक आशिक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कम्पनीले आफ्नो सामानमा बिग्रियो भने ग्राहकलाई १० वर्षको रिप्लेसमेन्ट सुविधा दिएको छ। त्यसको लागि ग्राहकले बिल पेस गर्न पर्दैन। ह्वाटस एप वा भाइबरमा फोटो पठाइदिए कम्पनी आफैंले आएर बनाइदिने छ।
'हामी हाम्रो उत्पादनमा विश्वस्त छौं। गुणस्तरीय टिकाउ भएकाले नै १० वर्षसम्म रिप्लेसमेन्ट सुविधा दिएका हौं,' उनले भने।
ग्राहकलाई थप सहजीकरण गर्न प्रत्यक डिपोहरूमा एक जना प्राविधिकको व्यवस्था गरिएको उनले जानकारी दिए।
-1738841654.jpg)
हाल कम्पनीले १० वटा वितरक नियुक्त गरिसकेको छ। आगामी दिनमा २० वटा वितरक थप गर्ने योजना कम्पनीले बनाएको छ।
त्यस्तै, हाल देशभर ३० वटा आउटलेट छन्, आगामी सय दिनमा सय वटा आउटलेट पुर्याउने योजना छ।
-1738841655.jpg)
-1738841655.jpg)
-1738841655.jpg)
-1738841655.jpg)
-1738841656.jpg)
-1738841656.jpg)
-1738841656.jpg)
-1738841657.jpg)
-1738841658.jpg)
तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी