लेमिनार टायल्स्को उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरूको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ।
१०० प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केहि हप्तामै आइएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवतः पहिलो कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ।
लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि आइएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आइएसओ १४००१ः२०१५ र व्यवसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आइएसओ ४५००१ः२०१८ गरी तीनवटा विधाहरूमा प्रमाणपत्र पाएको हो।
बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तर्राष्ट्रिय रूपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरूलाई अंगिकार गरी नेपाललाई विश्वव्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उद्देश्यले लुम्बिनी सेरामिक्सको स्थापना भएको हो।
अन्तर्राष्ट्रिय मान्यता बोकेको आइएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय व्यवस्थापन, वातावरणीय व्यवस्थापन र व्यवसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ।
'यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्त्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्य सञ्चालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दरिलो प्रतिबद्धलाई समर्थन गरेको छ,' कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले भने, 'गुणस्तरीय वस्तुहरू उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तर रूपमा गुणस्तर नियन्त्रण र व्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छाैं।'
बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको युरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ।
करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरूमा यी टायलहरू चारवटा आकार (१६ह१६ इञ्च, २ह२ फिट, २ह४ फिट र ८ इञ्चह४ फिट) मा उपलब्ध हुनेछन्।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका रहेको कम्पनीले बताएको छ।