फोनपोइन्टस् र इसेवाबीच साझेदारी भएको छ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुणस्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्टससँग सहकार्य गर्ने निर्णय गरेको हो।
फोनपोइन्टसले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरूबाट आर्जन गरेको लोयल्टी प्वाइन्टसलाई एक ठाउँमा एकृकीत गर्दछ जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरू प्रयोग गरी आर्कषक अफर, छुट तथा उपहारहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ।
यसमा प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुति प्रदान गर्न नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्टस् लाई एकीकृत गर्ने विकल्प दिइएको छ।
एकीकृत गरिएका लोयल्टी प्वाइन्टस् प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको बताइएको छ।
यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
फोनपोइन्टस्का सिइओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ।
'यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ। यो प्रक्रिया सिधैं फोनपोइन्टस् एपबाट पनि गर्न मिल्ने भएका कारण प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरी छिटो सेवा प्राप्त गर्न सक्नेछन्,' पौडेले भने।
फोनपोइन्टस् एक एकृकीत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायिक अनुभव प्रदान गर्छ।