गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी आजदेखि सुरू भएको छ।
कात्तिक ११ गतेसम्म ललितपुरको जावलाखेलमा जारी गोदावरी फूलको यो १७ औं प्रतियोगितात्मक प्रदर्शनी हो।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धनका लागि प्रदर्शनी हुँदै आएको छ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गरिएको हो।
यसपालि व्यवसायिक स्टल ६८ वटा, प्रतियोगितात्मक स्टल दुईवटा, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने आयोजकले जनाएको छ।
४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
साथै फ्यानको आयोजना र लाईन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चर संगको सहकार्यमा मेला अवधीभित्र रक्तदान कार्यक्रमको समेत आयोजना गरिने जानकारी दिएको छ।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।