नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटल बाराही काठमाडौंमा दसैं भोज सुरू भएको छ।
दसैंका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए।
भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दसैंका विशेष परिकार रहनेछन्।
होटल बाराही काठमाडौंमा साँझ साढे ५ बाट सुरू हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ। होटल बाराही पोखरामा दिउँसो साढे १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ।
पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौंमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ।
दसैंमा बाहिर गएर रमाइलो गरौं भन्नेहरूका साथै पर्यटकहरूलाई लक्षित गर्दै होटल बाराहीले यस वर्ष दसैं भोज आयोजना गरिएको थापाले जानकारी दिए।
बाराही ग्रुप अन्तर्गत चितवनको मेघौलीमा वातावरण मैत्री लक्जरी रिजोर्ट, चार तारे स्तरको होटल बाराही काठमाडौं र चार तारे होटल बाराही पोखरा सञ्चालनमा छन्। त्यसैगरी पोखरामा सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच एन्ड बार र व्यञ्जन रेस्टुरेन्ट पनि बाराही ग्रुप अन्तर्गत नै सञ्चालनमा छन्।
पोखराकै सेदीमा बाराहीको पाँच तारे होटल निर्माणाधीन छ।