हिन्दुहरूको महान् पर्व दसैं नजिकै आइसकेको भए पनि उपत्यकाका अधिकांश मलहरूमा भने व्यापारको चहलपहल देखिएको छैन।
दसैंमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरूमा व्यापार घटेको छ।
विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार भएको छैन।
मलमा मानिसहरूको चहलपहल नै नभएको र ग्राहक पनि १, २ जना मात्र आउने गरेको उनले बताए।
त्यस्तै, काठमाडौं मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाही हरेक वर्ष व्यापार घट्दै गएको र यही अवस्था हुने हो भने विस्थापित नै हुनुपर्ने अवस्था आउने बताउँछन्।
न्युरोडस्थित पिपुल्स प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएको दीपक अधिकारीको पनि उस्तै अवस्था छ।
उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ। महङ्गी पनि उस्तै बढेका कारण मलमा चहलपहल कम भएको उनी बताउँछन्।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी