एक वर्षअघि दरबारमार्गमा सञ्चालनमा आएको अमेरिकी रेष्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर)ले दसै–तिहारलाई लक्षित छुट अफर ल्याएको छ।
दरबारमार्गको दरबारमलमा सञ्चालित रेस्टुरेन्टले छठसम्मका लागि फुडमा ४० प्रतिशत र बेभरेज आइटममा ‘दुई प्लस एक’ अफर ल्याएको हो।
जुनसुकै दुईवटा पेय पदार्थ खरिद गर्दा एउटा सित्तैमा पाइने रेस्टुरेन्ट सञ्चालक लोकेन्दर महतराले बताए।
गुल्मेली दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन्।
दरबार मलको दोस्रो तलामा रहेको रेस्टुरेन्टको मुख्य परिकार भनेकै चिकेन परिकार हुन्।रेस्टुरेन्टमा चिकेनका परिकार बनाउन फ्रान्स र जर्मनीबाट आधुनिक मेसिन ल्याएको अर्का सञ्चालक थापाले बताए।
रेस्टुरेन्टमा तेल नहाली मेसिन रोस्टेड होल चिकेन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकेन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गरलगायत सर्भ गरिन्छ।
रोस्टेड होल चिकेनमा अन्य साइड डिसहरु थपेर आउने ग्रुप तथा फेमिली सेट पनि उपलब्ध गराउने उनको भनाइ छ।परिवारसँग आउने बच्चाहरुलाई चिकेन ललिपप, चिकेन विङ्स, मफिन्स, मिनी वर्गर लगायत परिकार पाक्छन्।
चर्चित अमेरिकी गायक केन्नी रोजर्स र केन्टकी फ्राइड चिकेन ण्केएफसी)का पूर्वसिइओ तथा अमेरिकाको केन्टकी राज्यका पूर्वगभर्नर जोन वाइ व्राउन (जुनियर) ले सन् सन् १९९१ मा केन्नी रोजर्स रोस्टर्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए।
अहिले केन्नी रोजर्स रोस्टर्सले एसिया प्यासिफिक क्षेत्रमा आक्रामक रूपमा आउटलेट विस्तार गरिरहेको उनको भनाइ छ।
यो रेष्टुरेन्ट नेपालमा पहिलो पटक आएको हो।
दरबारमार्गको रेष्टुरेन्टमा एकैपटक ७० जनासम्मले सेवा पाउन सक्छन्।
दरबारमार्गमा पाक्ने र अमेरिका वा थाइल्यान्डको आउटलेटमा पाक्ने परिकारको गुणस्तर र स्वाद एउटै हुने बताउँदै सञ्चालका महतराले भने, ‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं, ग्राहकलाई पारिवारिक वातावरणमा सेवा दिने प्रतिवद्धता दोहोर्याउँछौं।’
गुण ग्रुपल सञ्चालनमा ल्याएको ‘दरबार मल’ प्रिमियम सपिङ गन्तव्य हो। मलमा पर्याप्त पार्किङ सुविधा रहेको थापाले बताए।