सन् २०१८ को पहिलो चार महिनामा चार लाख पर्यटक नेपाल भित्रिएका छन्। गाडीबाट आउने भारतीय पर्यटकको संख्या बाहेकका यी पर्यटकले यो बीचमा २० अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार योबीचमा पर्यटकले नेपालमा २० अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन्। पर्यटकहरु नेपाल आउँदा विदेशी मुद्रा ल्याउनुपर्छ र त्यहीबाट नेपालमा खर्च गर्नुपर्छं।
नेपालमा पर्यटकहरुले हाटल, यातायात, साइटसिन, ट्राभल सेवामा खर्च गर्छन्। त्यस्तै मनोरञ्जन, खेलकुद, आषधोपचार जस्ता शिर्षकमा पनि प्रत्यक्ष खर्च गर्नेगरेका छन्।
यसरी यो बीचमा आएका पर्यटकहरुले औसतमा एउटा पर्यटकले नेपाल बसाइमा ५२ हजार नेपाली रुपैयाँ खर्च गरेको पाइन्छ।
भ्यालुएड पर्यटन उत्पादनमा सरकारले जोड नदिंदा नेपालमा पर्यटकको खर्च र बसाइमा उन्नति हुन नसकेको सरोकारवलाहरुको गुणासो रहेको छ।
पर्यटनले प्रत्यक्षभन्दा अप्रत्यक्षरुपमा धेरैलाई लाभान्वित गर्ने मानिन्छ।
विश्व कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत ओगट्छ। नेपालको राष्ट्रिय लेखामानमा होटल तथा रेष्ट्ुरेन्टको नामा रहने यसको योगदान २ प्रतिशत रहेको छ। विश्वमा १० जना रोजगारमध्ये १ एकजना पर्यटन क्षेत्रमा रहेको पाइएको छ।