नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सातौं आयुर्वेदा एक्स्पो बैशाख २१ देखि आयोजनाा गर्ने भएको छ। २३ गतेसम्म भृकुटीमण्डपमा मेला संचालन हुने भएको छ। मेलामा १ सय बढी स्टलहरु रहने बताइएको छ।
मेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु,आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धीत प्रसोधन मेसिनरी, तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजन, लगायतका स्टलहरु रहने छन्।
मेलाले नेपालमा उत्पादित औषधिजन्य जडिबुटीवाट निर्मित वस्तुहरुको पहिचान र व्यापार बृद्धिका मद्दत पुग्ने आयोजकको विश्वास छ। साथै ग्रामिण क्षेत्रका समुदायहरुको आर्थिक उपार्जनकालागि पनि मेला महत्वपूर्ण रहेको संघले जनाएको छ।