नेपाल ब्राजिल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र ब्राजिल नेशनल कन्फोडेरेसन अफ इण्डष्ट्रिजबीच दुई देशीय लगानी प्रबद्र्धनका विषयमा छलफल भएको छ।
कार्यक्रममा नेपालका तर्फबाट ब्रजिलका लागि नेपाली राजदुत तारा प्रसाद पोखरेल र नेपाल ब्राजिल चेम्बर अफ कमर्शका अध्यक्ष अखिलकुमार चापागाईले दुई देशीय सम्बन्ध र व्यापार अभिवृद्धि विस्तार हुँदै जानुपर्नेमा जोड दिए।
साथै उनीहरुले नेपालको जलस्रोत, कृषि र पर्यटनमा प्रसस्त लगानीको सम्भावना रहेको औंल्याउँदै लगानीका लागि ब्राजिलका उद्योगीहरुलाई आग्रह गरे।
कार्यक्रममा ब्राजिलियन नेशनल कन्फेडेरेशनअफ इण्ड्रष्टिजका निर्देशक क्यारियोस एडुआर्डाे अभिजाओदीले नेपाली प्रतिनिधिको भ्रमणले नेपाल र ब्राजिलबीचको सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
नेपाली प्रतिनिधीहरुले ब्राजिलको विज्ञता र उद्यमशिलतामा सहकार्य गर्न चाहेको बताउँदै नेपालको जलविद्युत क्षेत्रको विकास र विस्तारमा ब्राजिलको सिप र दक्षताको खाँचो औंल्याए।