‘कोक खाम् रसिया जाम्’ योजनाका थप बिजेता घोषित


कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” अभियान अन्तर्गत छैटौं हप्ताका बिजेता घोषणा गरेको छ।

यस हप्ता कम्पनीले ६ जना भाग्यशालीको नाम सार्वजनिक गरेको छ। कम्पनीका अनुसार हाल सम्म २७ जना भाग्यमानी बिजेता घोषणा भइसकेको र यस योजना अन्तर्गत ४० भाग्यमानी बिजेताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रुसमा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्।

त्यसको लागी हरेक हप्ता भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ कम्पनीले बताएको छ। त्यस मध्ये २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्दै आएका छन्।

कम्पनीले हरेक दिन २ सयलाई फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ दिंदै आएको जनाएको छ।

यस हप्ता ६ जना भाग्यशाली बिजेता छनोट भएको कोकाकोलाले जनाएको छ। जसमा गौरब बिजुक्छे चुनदेबीबाट, रबिन्द्र शाक्य असनबाट, चेत नारायण श्रेष्ठ धरानबाट, जनक बस्नेत उर्लावारीबाट, मिठु भण्डारी भरतपुरबाट र सुजन केसी सितापाइलाबाट रहेका छन् । यस हप्ताको २४ इन्चको टेलिभिजन बिजेतामा हेटौडाका सुजन स्यानताङ रहेको कम्पनीले जनाएको छ।

कम्पनीले अझै १३ जना भाग्यशाली बिजेतालाई रसियालाने निर्णय गर्न बाँकी रहेको बताएको छ। कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई Coke<Space> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.