एप्पल वल्र्डको ‘नयाँ वर्षमा नयाँ मोबाइल’ अफर


एप्पल वल्र्ड मोबाइलले नयाँ बर्षको अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ।

बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने ‘नयाँ बर्षमा नयाँ मोबाइल’ अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त अफर अन्तर्गत पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।

राजधानीको मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डमा बिश्व बजारमा पाइने ब्राण्डेड तीन सय ५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन रहेको बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.