कतार एअरवेज ट्रिप एड्भाइजर अवार्ड द्वारा सम्मानित


कतार एअरवेजले ट्रिप एड्भाइजर २०१८ अन्तर्गत ‘वल्र्डज बेस्ट बिजनेस क्लास, र बल्र्ड टप १० एअरलाइन्स’को अवार्ड पाएको छ।

कतार एअरवेजका प्रमुख कार्यकारी अकवर अल बेकरले आफुहरु ट्रिप एड्भाइजरको अवार्ड पाउँदा खुशि भएको बताए। उनले आफुहरुलाई अझ सशक्त रुपमा ग्राहकको सेवामा लाग्न यो अवार्डले थप प्रोत्साहन दिने बताए।

ट्रिप एड्भाइजर विश्वकै ठुलो रिभ्यु वेभसाइट हो। जसमा विभिन्न एअरलाइन्स, होटल, रेष्टुरेन्ट र विश्वका आकर्षणका बारेमा जानकारी र प्रतिकृया राखिएको हुन्छ।

यसमा ट्राभल इन्डष्ट्रिको अवार्ड हवाई यात्रामा दिइने सेवा सुविधाका बारेमा दुनियाँ भरका यात्रुले दिएको प्रतिक्रियाका आधारमा तय गरिने एड्भाइजर वेभसाइटले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.