कतार एयरवेजले रुसी विमानस्थलको २५ प्रतिशत शेयर खरिद गर्ने


कतार एयरवेजले रुसको तेस्रो ठूलो विमानस्थल मस्कोको भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थलको कुल शेयरको २५ प्रतिशतसम्म खरिद गर्ने सम्झौता गरेको छ।

एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भ्नुकोवो अन्तर्राष्ट्रिय विमानस्थल जेएससी बोर्डका अध्यक्ष विटली वान्ट्सेवसँगै सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।

यस अवसरमा बकेरले यस सम्झौताले उक्त देशसँग स्थापित भएकोसम्बन्धलाई अझ प्रगाढ बनाउने बताए।

स्काइट्रेक्सद्वारा २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित कतार राज्यको यस राष्ट्रिय विमान सेवाले २०१८/२०१९ सत्रमा लण्डन, ग्याट्विक एवं कार्डिफ, बेलायतको लिस्बन, पोर्चुगलको टेलिन, एस्टोनियाको भ्याल्लेट्टा, माल्टाको सेबु र डभाओ, फिलिपिन्सको लाङ्कावी, मलेसियाको डा नाङ, भियत्नामको बोड्रुम र एनटल्या, टर्कीको माइकोनोस, ग्रीस र मालागा स्पेनजस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.