रोवोट वेटर रहेको केकेएफसी रेष्टुरेन्टले नयाँ बर्षमा १५ प्रतिशत छुट दिने


क्रिस्पी, क्रन्ची चिकेन पाइने रेष्टुरेन्ट केकेएफसीले नयाँ वर्ष २०७५ को अवसरमा विशेष छुटको अफर ल्याएको छ। चैत १५ देखि आगामी वैशाख १५ सम्म हरेक बीलमा १५ प्रतिशत छुटको अफर जारी गरेको हो ।

न्युरोडको पिलुल्स प्लाजामा स्थित केकेएफसी यस्तो रेष्टुरेन्ट हो जहाँ रोबोटले खानाको अर्डर लिने र बोटले नै टेबुलमा खाना ल्याएर दिने व्यवस्था गरिएको छ । यस किसिमको रेष्टुरेन्ट नेपालकै पहिलो हो ।

विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक गरेको केकेएफसी रेष्टुरेन्टले फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किदै आएको छ ।

साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो । अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट सञ्चालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो ।

ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नयाँ अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याएको साहले बताए ।

रेष्टुरेन्टले हाल दिनको २ लाखसम्मको व्यापार गरिरहेको छ । अब चाडै नै पुरानोबानेश्वरमा शाखा विस्तार गर्ने संचालक साहले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.