गोल्छा ग्रुपले नेपाली बजारमा भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन


गोल्छा ग्रुपअन्तर्गतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा प्रख्यात क्रिष्टल विद्युतीय उत्पादन नेपाली बजारमा भित्र्याएको छ।

बुधबार एक कार्यक्रमकाबीच ग्रुपको आरिहान्त कमर्सियलले क्रिष्टल स्वीच गियर्सको बिक्री बितरण सुरु गरेको हो ।

कमर्सियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तर्गतका एमसिबी, गिजर, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको छ।

अहिले बजारमापाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्तकमर्शियलका महाप्रबन्धक विजयकुमार रायले दाबी गरे।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफर्मर नेपाली बजारमा ल्याएको छ। सिएसपि(कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिका यी साधानले विद्युत महशुल न्यूनीकरण गर्दै ट्रान्सफरमरको आयु समेत बढाउने कम्पनीको दावी छ। यो प्रविधि नेपालमा विद्युत खपत कम गर्नका लागि उपयोगी हुने कम्पनीको भनाई छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.