एक्स्पोको ‘बेस्ट इभेन्ट पफर्मेन्स अवार्ड’ गोल्डस्टारलाई


भृकुटीमण्डपमा सम्पन्न ‘१४औँ फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो’मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्पादन गोल्डस्टारले उत्कृष्ट ब्राण्डको उपाधि पाएको छ।

एक हप्तासम्म आयोजना गरिएको कार्यक्रममा गोल्डस्टारले ‘बेस्ट इभेन्ट पफर्मेन्स अवार्ड’को उपाधि पाएको हो। सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गर्न सफल भएको, राम्रो प्रस्तुति दिएको तथा धेरै बिक्री गर्न सकेको जस्ता आधारलाई हेरेर यो उपाधि दिइएको कम्पनीले जानकारी दिएको छ।

किरण सुज म्यानुफ्याक्चरर्सका बजार व्यवस्थापक इरज श्रेष्ठले ग्राहकको माया र विश्वासले नै प्रदर्शनीमा पनि उत्कृष्ट ठहरिएन सफल भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.