सिटी एक्स्प्रेसको ९० जनालाई उपहार, तामाङले पाइन् कार


सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वको अवसरमा घोषणा गरेको ‘उत्सव एक्सप्रेस’ उपहार ९० जनाले पाएका छन्।

भदौ १८ देखि मंसिर १५ सम्मको अवधिमा ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ्ग पाएको कम्पनीले जनाएको छ।

त्यस्तै साप्ताहिक रुपमा १२ जनालाई ओप्पो मोवाईल र मासिक रुपमा ३ जनालाई एलजी रेफ्रिजिरेटर वितरण गरिएको सिटी एक्स्प्रेसले जनाएको छ।

विदेशबाट नेपालमा रहेका आफन्तलाई सिटी एक्सप्रेसबाट रेमिट्यान्स पठाए वापत दैनिक रुपमा एक जना भाग्यशाली विजेतालाई एक तोला चाँदीका सिक्का, क्याप, टिसर्ट तथा किरिङ तथा साप्ताहिक रुपमा एक जनालाई ओप्पो मोवाईल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार प्रदान गर्दै आएको छ।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार उपहार स्वरुप प्रदान गरेको कम्पनीले जनाएको छ।

बिमला देवी तामाङले रेनौल्टको क्विड आरएक्सएल कार जितेको सिटी एक्सप्रेसले उल्लेख गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.