छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
यसअघि कम्पनीले ८ प्रतिशत बोनस सेयरसहित कुल १५ प्रतिशत लाभांश दिएको थियो।
मंगलबार कम्पनीको सेयर प्रतिकित्ता एक हजार २७ रूपैयाँमा कारोबार भइरहेको छ।