नेपाल लाइफ इन्सुरेन्स कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ ले सम्मानित भएको छ।
आइक्यानले गतसाता शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरेको हो। कम्पनीलाई जीवन बीमातर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको छ।
जीवन बीमा समुहमा नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्तीले जिम्मेवारी थपिएको बताए।