हिमालयन बैंकले लमजुङ गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिकाबाट सोमबारदेखि सञ्चालनमा ल्याएको छ।
बैंकले दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बंैकका कर्मचारीहरू तथा अतिथिहरूको उपस्थतिमा गरे।
हाल बैंकले १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८ हजारभन्दा बढी पिओएस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।