साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नप्से ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
बुधबार आठ अर्ब ७३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब आठ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६५ करोड रूपैयाँ कमी आएको हो।
आज ३२० वटा धितोपत्रको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६३६ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, बलेफी हाइड्रोपावरको मूल्य ८.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४६ रूपैयाँ कायम भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.१० प्रतिशतले घटेर प्रतिकित्ता दुई हजार ९० रूपैयाँमा झरेको छ।
यस्तै, जोशी हाइड्रोपावरको मूल्य ८.८७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९७ रूपैयाँ १० पैसा कायम भएको छ।
बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ५७३ रूपैयाँमा ४६ करोड १९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.२७ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७१५ रूपैयाँमा ४४ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक ४.८९ प्रतिशतले बढेको छ।
यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले घटेको छ।