गरिमा विकास बैंकले बुधबार स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा दुई नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ।
विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरे।
त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन्।
समुद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिबी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ।
हाल बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरूलाई बैंकिङ सेवा दिँदै आइरहेको छ।