नेपाल धितोपत्र बोर्डले बुटवल पावरलाई न्यादी हाइड्रोपावर कम्पनीको सेयर बेच्न रोक लगाएको छ।
बुटवल पावरले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता सेयर बिक्री गर्ने लागेको थियो।
बुटवल कम्पनीका सञ्चालकहरू न्यादी हाइड्रोपावरमा समेत सञ्चालक रहेकोले नियम अनुसार बिक्री गर्न नपाउने भएकोले रोकिएको बोर्डले उल्लेख गरेको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न नसक्ने व्यवस्था गरेको छ।