नीरज मान सैंजु नेपाल क्लियरिङ हाउस लिमिटेडका डेप्युटी सिइओमा नियुक्त भएका छन्।
सैंजुसँग रेमिटेन्स कम्पनी विभिन्न वाणिज्य बैंकहरू लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो कार्य अनुभव रहेको छ भने उनलेले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन्।
उनको अनुभव तथा कुशलताले एनसिएचएललाई नयाँ उचाइमा लान महत्वपूर्ण योग्दान पुग्ने कम्पनी विश्वस्त रहेको छ।
एनसिएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसिएचएलइसिसी, एनसिएचएल आइपिएस, रिटेल पेमेन्ट, कनेक्ट आइपिएस लगायका सेवा सञ्चालन गरी प्रदान गर्दै आएको छ।
साथै यसमा इन्स्योरेन्स, रेमिटेन्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन्।
हाल एनसिएचएलले एनसिएस अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको बताइएको छ।