साना किसान विकास लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिएको थियो।