नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको निष्कृय कर्जा उच्च भएपछि नयाँ निक्षेप खाता खोल्न, थप निक्षेप संकलन गर्न र थप कर्जा प्रवाह गर्न रोक नै लगाएको छ।
राष्ट्र बैंकले गरेको निरीक्षणमा बैंकको निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशतसम्म रहेको पाइएपछि रोक लगाएको हो।
निष्क्रिय कर्जा धेरै हुँदा बैंकको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने देखिएपछि रोक लगाएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
कर्णाली डेभलपमेन्ट बैंकको बाँके, बर्दिया, दाङ, प्युठान र रोल्पामा कार्यक्षेत्र छ।