साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यस दिन नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ८ अर्ब २५ करोडको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब ७२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५३ करोड रूपैयाँ कमी आएको हो।
आज ३२२ वटा धितोपत्रको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। यस्तै, आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७० रूपैयाँ कायम भएको छ।
ङादी ग्रुप पावरको मूल्य ९.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५४९ रूपैयाँ पुगेको छ।
यस्तै, सेन्चुरी डिबेञ्चर २०८८ को मूल्य ७.७५ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार ७४ रूपैयाँ ७० पैसामा झरेको छ।
दोस्रोमा महुली लघुवित्तको मूल्य ६.३० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७२५ रूपैयाँ कायम भएको छ।
आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४३ रूपैयाँमा ६० करोड ८७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.०७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९९८ रूपैयाँ ९० पैसामा ४० करोड ३३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशतले घटेको छ।