नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १७ अर्ब १५ करोड रूपैयाँ (१२ करोड ८० लाख डलर) को प्रदेश र स्थानीय सडक सुधार कार्यक्रमको पहिलो चरणको आयोजनाको सुरूवात भएको छ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजनाको काम हुने भएको हो।
पहिलो चरणको यो आयोजनामा एक सय ८० किलोमिटर बराबरका सडक र पुलको स्तरोन्नति तथा सुधार, चार सय किलोमिटर बराबरका सडक, सात सय किलोमिटर बराबरका पुलको मर्मत गरिनेछ।
त्यस्तै, केही नगरपालिका र स्थानीय तहलाई सबै मौसममा जोड्ने एक सय किलोमिटर बराबरका सडक र पुल निर्माण गरिने भएको छ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले यो आयोजना सार्वजनिक गरेका हुन्। यो आयोजनाले नेपालका प्रादेशिक तथा स्थानीय तहमा सडक सञ्जाल बनाउन, भएकाको प्रभावकारिता वृद्धि गर्न र सुरक्षित बनाउने विश्वास लिइएको छ।
संघ, प्रदेश र सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको छ।