नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)का ग्राहकहरूले कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाउने भएका छन्।
बैंक र 'वन्डर्स नेपाल', काठमाडौंबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकलाई 'स्काइवाक टावर' प्रवेश शुल्कमा २० प्रतिशतसम्म विषेश छुट दिने भएको छ।
एनआइएमबीका ग्राहकहरूले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन्।
छुट लिनका लागि ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
बैंकले ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको बताएको छ।
छुटको विवरण बैंकको वेबसाइट मा उपलब्ध छ।