नेसनल लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब १६ करोड ५५ लाख २१ हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत आर्थिक वर्ष कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।