चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा एक अर्ब रूपैयाँभन्दा धेरै नाफा गर्ने कम्पनीको संख्या आठ वटा रहेका छन्।
यसरी एक अर्ब बढी नाफा कमाउनेमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, प्राइम कमर्सियल, एनएमबी, एभरेष्ट, कुमारी र प्रभु बैंक रहेका छन्।
नबिल बैंकको नाफा सबैभन्दा धेरै दुई अर्ब पाँच करोड रूपैयाँ छ।
बैंकको नाफा ४० प्रतिशतले बढेको हो। यसअघि बैंकको नाफा एक अर्ब ४६ करोड थियो।
ग्लोबल आइएमइ बैंकको नाफा २३.७७ प्रतिशतले बढेर एक अर्ब ५१ करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा एक अर्ब २२ करोड थियो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३.९४ प्रतिशतले घटेर एक अर्ब ४६ करोड रूपैयाँमा सीमित भएको छ। यसअघि बैंकको नाफा एक अर्ब ५२ करोड थियो।
प्राइम कमर्सियल बैंकको नाफा ११ प्रतिशतले बढेर एक अर्ब २८ करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा एक अर्ब १५ करोड थियो।
एनएमबी बैंकको नाफा करिब १९ प्रतिशतले बढेर एक अर्ब १४ करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा ९६ करोड रूपैयाँ थियो।
एभरेष्ट बैंकको नाफा करिब ४३ प्रतिशतले बढेर एक अर्ब १२ करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा ७८ करोड रूपैयाँ थियो।
कुमारी बैंकको नाफा करिब ३११ प्रतिशतले बढेर एक अर्ब सात करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा २६ करोड रूपैयाँ थियो।
प्रभु बैंकको नाफा करिब ०.९७ प्रतिशतले बढेर एक अर्ब चार करोड रूपैयाँ पुगेको छ। यसअघि बैंकको नाफा एक अर्ब तीन करोड रूपैयाँ थियो।
यो पनि हेरौंः वाणिज्य बैंकहरूको समग्र नाफा २१ प्रतिशत बढ्यो, हेरौं सात सूचक